Logo

आज उपाधि दावेदार चेन्नई र कोलकाता आमने सामने हुने



Spread the love

२६ चैत, काठमाडौं ।
इन्डियन प्रिमियर लिगको २३ औं खेलमा आज कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका ८ : १५ देखि चेन्नईको घरेलु मैदानमा सुरु हुनेछ ।

चेन्नई महेन्द्र सिंह धोनी र कोलकता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने छन् । यी दुवै टोली जितको खोजिमा छन् । दुवैले जारी आईपीएलमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै कोलकातालाई कठिन अवस्थामा पनि सहज जित दिलाउँदा उपाधिको दावेदारको रुपमा आफूलाई प्रस्तुत गरेको छ । रसेललाई रोक्न घरेलु मैदानमा चेन्नईका बलरलाई निकै चुनौतिपूर्ण हुने देखिन्छ । त्यस्तै क्रिस लिन, सुनिल नारायण, नितिश राना, कप्तान दिनेश कार्तिक पनि राम्रो लयमा छन् । बलिङतर्फ स्पिनर कुलदिप यादव, प्रसिद्ध कृष्णा, पियुष चवाला, ह्यारी गर्नीको प्रर्दशन पनि उत्कृष्ट छ ।

यता अनुभवी खेलाडीले भरिएको चेन्नईमा कप्तान धोनीसँगै केदार जाधव,फाफ डु प्लेसिस र शेन वाटशन लयमा छन् । कप्तान धोनीले आफैं पनि उत्कृष्ट फिनिसिङ गर्दै आएका छन् । त्यस्तै रविन्द्र जडेजा, हरभजन सिंह, इमरान ताहिर र दिपक चाहारले निरन्तर विकेट लिइरहेका छन् ।

यी दुई टोलीबीच हालसम्म २१ खेल भएको छ । जसमा चेन्नई १२ खेलमा विजयी हुदा ८ खेलमा पराजित र १ खेल नतिजा विहिन भएको छ । यी दुईबीच अंक तालिकामा पनि कडा प्रतिस्पर्धा छ। आजको खेलमा चेन्नई विजयी भए शीर्षस्थानमा उक्लिने मौका हात पार्ने छ ।

प्रतिक्रिया दिनुहोस्