Logo

इन्डोनेसिया माथि नेपालको सान्त्वना जित



Spread the love

२६ चैत, काठमाडौं ।
महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित गरेको छ।पहिलो दुई खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा भने जित हात परेको छ ।

आठौँ मिनेटमा रेड कार्ड खाँदै १० खेलाडीमा सीमित रहेको फाइदा उठाउदै नेपालले इन्डोनेसियको गोल पोस्टमा ३७ औँ मिनेटमा गोल गरेको थियो । पहिलो हाफमा अग्रता बनाएको नेपाल समालिना नसक्दा दोस्रो हाफको सुरुवातमा नै इन्डोनेसियाले गोल फर्काएको थियो । तर अन्तिम समयमा पाएको फ्री किकमा गोल गर्दै सावित्राले नेपाललाई सान्त्वना जित दिलाइन् ।

फिफा वरियतामा १७ स्थान माथि रहेको इन्डोनेसिया विरुद्ध खेलमा दबाव बनाएको नेपालले केही गोलका अवसर भने खेर फाल्यो । फिफा वरियतामा नेपाल १०३ औँ स्थानमा छ भने इन्डोनेसिया ८६ औँ स्थानमा छ ।

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा समूह सी मा रहेको नेपाल तेस्रो भएको थियो । त्यसबेला भारत, म्यानमार र बंगलादेश तीन टिमसँग नेपालले १-१ को बराबरी खेलेको थियो । समूहको तेस्रो स्थानमा रहेपनि सबै समूहबाट उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्