Logo

कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लियो



Spread the love

२७ चैत, काठमाडौं ।

इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ। १ सय ९ रनको सामान्य लक्ष्य पछाएको चेन्नईले १७.२ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । चेन्नईको जितमा फाफ् डु प्लेसिसले अविजित ४३ रन बनाए । त्यस्तै, आम्बती रयडुले २१ रन बनाउँदा शेन वाटसनले १७ रनको योगदान दिए । बलिङतर्फ कोलकताका सुनील नारिनेले दुई विकेट लिए ।

त्यस अघि चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि सर्बाधिक आन्द्रे रसेलले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा अविजित रहे पनि एक्लो प्रयास जितको लागि पर्याप्त भएन । अन्य ब्याट्सम्यान चल्न नसक्दा रसेल एक्लैले कोलकतालाई हारबाट जोगाउन सकेन।

कोलकताले सुरुवात देखिनै खराव प्रर्दशन गर्यो । पहिलो ओभरको अन्तिम बलमा दिपक चाहरले क्रिस लिनलाई शून्यमा एलवी डब्लू आउट गरे । इमरान ताहिरले नवौं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई १९ रन र ११ ओभरको पहिलो बलमा सुभमन गिलाई ९ रनमा आउट गरेपछि ४७–६ को कमजोर अवस्थामा पुग्दै एक सय रन बनाउन पनि मुश्किल पर्ने अवस्थामा पुगेको थियो । कोलकताको निरन्तर विकेट गुम्ने शिलशिला चलि रह्यो । कुनै पनि ब्याट्सम्यानले मैदानमा टिकेर रन बनाउन सकेनन् ।

कोलकतालाई सस्तैमा समेट्न चेन्नईका दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।

यो जितसँगै चेन्नई ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ११ अप्रिलमा राजस्थान रोयल्ससँग भिड्ने छ । त्यस्तै कोलकताले आफ्नो खेल १२ अप्रिलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्