Logo

आयक्स विरुद्धको खेलमा रोनाल्डोले खेल्ने पक्का



Spread the love

२७ चैत, काठमाडौं ।
स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आयक्स विरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलका लागि सुरुवाती रोजाईमा पर्ने पक्का भएको छ ।

सर्बियाविरुद्ध युरोपियन च्याम्पियनसिप छनोट खेलका दौरान रोनाल्डोलाई चोट लागेको थियो । त्यस यता रोनाल्डो मैदान बाहिर रहँदै आएका छन् । तर, आयक्सविरुद्ध बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलमा उनी सुरुवाती रोजाईमा पर्ने छन् ।

रोनाल्डोले युभेन्टसका लागि एटलेटिको म्याड्रिड विरुद्ध ह्याट्रिक गरे यता कुनै खेल खेलेका छैनन् । उनले चोटका कारण लिग अन्तर्गत जेनोआ, एम्पोली, काग्लियारी र एसी मिलान विरुद्ध खेल गुमाएका थिए । रोनाल्डो भने अभ्यासमा सामेल भइसकेका छन् ।

लगातार आठौं पटक इटालियन सिरि ए जित्ने सम्भावना रहेको युभेन्ट्सले अंक तालिकामा २० अंकको अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्