Logo

ह्यारी केनले जारी सिजनका बाँकी खेलहरु गुमाउने प्रबल सम्भावना



Spread the love

२७ चैत, काठमाडौं ।
टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले जारी सिजनका बाँकी सबै खेलहरु गुमाउने सम्भावना उच्च रहेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो खेलमा म्यानचेस्टर सिटी विरुद्ध खेल्दा मंगलबार केनले चोट बोकेका थिए ।

सिटी विरुद्ध १–० को जित निकालेको खेलको दोस्रो हाफमा सिटीका फावियन डेल्फले ट्याकल गर्ने क्रममा मैदान बाहिर पुगेका केनको एन्कलमा चोट लागेको थियो । खेलपछि उनलाई वैशाखीको सहारामा बाहिर जानु परेको थियो। उनले बुधबार एमआरआई स्क्यान गरेपछि चोटबारे विस्तृत रुपमा थाहा हुनेछ ।टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले केनले यो सिजनको बाँकी सबै खेल गुमाउने डर भएको बताएका छन् ।

केन जनवरीमा सोहि ठाउँमा चोट बोकेपछि झन्डै दुई महिना मैदान बाहिर रहेका थिए । उनले अघिल्लो सिजन पनि एक महिना चोटका कारण विश्राम लिएका थिए । सन् २०१६-१७ सिजनमा पनि केनले दुई पटक विश्राम लिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्