Logo

कर्णाली प्रिमियर लिग आगामी वैशाखबाट सुरु हुने



Spread the love

२७ चैत, काठमाडौं ।
दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आगामी बैशाख १२ गते देखी २१ गते सम्म चल्ने छ जसमा ८ टोलीले सहभागिता जनाउने छन् ।

१० दिन सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी, लालिगुरास क्रिकेट एकेडमी, मध्यपश्चिम क्रिकेट क्लब, कर्णाली ११ र हिमालयन क्रिकेट एकेडमीको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रत्येक टिमले दुई विदेशी खेलाडी राख्न पाउने छ । हरेक टोलीले एक अर्कासँग प्रतिसप्रर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् । पुरस्कार राशी भने आयोजकले खुलाएको छैन । केहि दिनमै पुरस्कार राशी सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्