Logo

फेब्रुअरी १५ : आजको दिनमा विश्वमा भएका मुख्य ६ घटना



Spread the love

सन् १८९८ – क्युबाको हवाना बन्दरगाहमा अमेरिकाको पहिलो युद्धपोत माइनी विस्फोट भई समुन्द्रमा डुब्दा दुई सय ६० यात्रुको निधन भएको थियो ।

१५६४ – चर्चित वैज्ञानिक ग्यालिलियो ग्यालिलीको इटालीको पिसामा जन्म भएको थियो ।

१९४२ – द्वितीय विश्वयुद्धका क्रममा सिंगापुरद्धारा जापानी फौजसामु आत्मसमर्पण ।

१९५० – सोभियत संघका सर्वोच्च नेता जोसेफ स्टालिन र चिनियाँ नेता माओत्से तुङद्वारा मस्कोमा द्विपक्षीय सुरक्षा सन्धिमा हस्ताक्षर भएको थियो ।

१९६५ – क्यानडाद्वारा म्यापल वृक्षको पातयुक्त राष्ट्रिय झण्डा प्रयोग आरम्भ भएको थियो ।

१९६८ – फर्डिनान्ड मार्कोस फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
– नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्