Logo

बार्सिलोना भर्सेस म्यानचेस्टर युनाइटेड



Spread the love

२७ चैत, काठमाडौं ।

यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो खेलमा आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको सामना गर्ने छ ।खेल म्यानचेस्टर युनाइटेडको मैदानमा आज राति १२ः४५ बजेपछि सुरु हुनेछ ।

घरेलु टोली युनाइटेड बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । बार्सिलोनासँग घरेलु मैदानमा युनाइटेड हारेको इतिहास छैन । आफ्नो मैदानमा युनाइटेडले चार खेल खेल्दा दुईमा जित र दुईमा बराबरीको नतिजा निकालेको छ ।

युनाइटेड यही लयलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्ला खेलहरुमा युनाइटेड खासै राम्रो प्रदर्शन गर्न नसक्दा ११ खेलमा २ मा मात्र सफलता हात पारेको छ । त्यसमा दुई जित ३ बराबरी र ६ हार समावेश छ । तर ,यसलाई तोड्न म्यानचेस्टर तयार छ ।युनाइटेडसँग स्टार खेलाडीहरु पल पोग्बा, मार्क्स रासफोर्ड, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियलजस्त खेलाडीहरु रहेका छन् ।

यता, बार्सिलोना घरेलु मैदानमा युनाइटेडलाई स्तब्ध बनाउने लक्ष्यमा मैदान उत्रनेछ । बार्सिलोनासँग आधुनिक फुटबलका स्टार कप्तान लियोनेल मेस्सी संगसंगै लुइस स्वारेज, इभान राकिटिच, आर्थर, आर्टुरो भिडाल र जेरार्ड पिके जस्ता खेलाडीहरुले रहेका छन् ।

लियोनेल मेस्सीले इंग्लिस टोली विरुद्धको ३० खेलमा २२ गोल गर्न सफल भएका छन् । तर, मेस्सीले पछिल्लो समय क्वाटरफाइनल चरणमा भने गोल गर्न निकै संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्