Logo

भ्यान दुर्घटनामा एकको मृत्यु ११ घाइते



Spread the love

२७ चैत , काठमाडाैँ – तीर्थयात्री चढेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पाथीभरा दर्शन गरी फर्किएका मे १ ज १४८६ नम्बरको भ्यान राति दश बजेतिर ताप्लेजुङको सुकेटार विमानस्थल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते मध्ये पाँचको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङबाट रिफर गरिएको छ ।

अन्य ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरु सबै बारा निजगढका भएको बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्