Logo

स्कुटर चोरीको आरोपमा ५ जना पक्राउ



Spread the love

२७ चैत, काठमाडौं ।
स्कुटर चोरीको आरोपमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ हुनेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्दै आएको बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका-३ का विपिन गुरुङ, अर्घाखाँची सन्धिखर्क नगरपालिकाका विवेक खनाल र चितवनका अभिषेक बराम रहेका छन् ।

चैत १९ गते राति नयाँ बानेश्वरका विकास श्रेष्ठको घरबाटै बा ७८ प १०१३ नम्बरको स्कुटर चोरी भएको घटनाको अनुसन्धानका लागि प्रहरीले बानेश्वर क्षेत्रमै बा ५० प ७६२ नम्बरको स्कुटर चढेर आइरहेको बिबेक र अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।

सोधपुछको क्रममा उनीहरुले आफ्ना सबै साथीहरुको संलग्नतामा उक्त स्कुटर चोरी गरी ल्याएको हो भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

उनीहरुले चोरी गरेको स्कुटर धनी नखुलेको बा ५४ प २६८ नम्बरको स्कुटर समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्