Logo

सातौँ सिएसआइटी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो न्यु समिट कलेज



Spread the love

२६ चैत, काठमाडौँ ।
सातौँ सिएसआइटी क्रिकेट प्रतियोगिताको च्याम्पियन न्यु समिट कलेज बन्न सफल भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा न्यु समिट कलेजले सगरमाथा कलेजलाई ९ रनले पराजय गरेको थियो ।

टस हारेको न्यु समिट कलेजले पहिला ब्याटिङ गर्दै ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ब्याटिङ गर्ने क्रममा किरण पोख्रेलले सर्वाधिक २८ रन बनाएका थिए । त्यस्तै राजिव गुरुङ्ले २२ रन जोडेर न्यु समिट कलेजका लागी राम्रो रन जोड्न मद्द्त गरेका थिए ।

सामान्य लक्ष्य पाएको सगरमाथा कलेजले खासै राम्रो सुरुवात गर्न नसक्दा पराजय भोग्नु पर्‍यो । न्यु समिट कलेजका विशाल जोशीले कसिलो बलिङ गर्दै ४ विकेट लिएका थिए । जोशी म्यान अफ द म्याच घोषित भएका छन् । सगरमाथा ८४ रनमै सिमित रहन पुग्यो ।

विजेता टोली न्यु समिटले ५० हजार नगद सहित गोल्ड मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै उपविजेता टोली सगरमाथाले ३० हजार नगद सहित प्रमाण पत्रमा चित्त बुझाएको हो । प्रतियोगितामा बेस्ट बलरको उपाधी न्यु समिटका विशाल जोशीले जित्न सफल भए । प्रतियोगिताको म्यान अफ द सिरिज सगरमाथा कलेजका राजन सुवेदी भए जसले सर्वाधिक १८ विकेट लिएका थिए । वेस्ट ब्याट्सम्यान सगरमाथाका प्रशान्त यादव घोषित भए जसले प्रतियोगिता भरी १६६ रन लिन सफल रहेका थिए ।

यस प्रतियोगिताको अफिसियल मिडिया पार्टनर सल्लेरी खबर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्