Logo

नेपाली कांग्रेस गुल्मीद्वारा शोक सभा सम्पन्न



Spread the love

२७ चैत , काठमाडाैँ – नेपाली कांग्रेस गुल्मीले शोक सभा सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका ७ निवासी नेपाल दलित संघ गुल्मीका उप–सभापति समेत रहेका टेक बहादुर विश्वकर्माको निधनप्रति गहिरो संवेदना व्यक्त गर्दै शोक सभा समपन्न भएको हो । कांग्रेसका सक्रिय स्थानीय नेता समेत रहेका टेक बहादुर विश्वकर्माको गत चैत २१ गते निधन भएको थियो ।

आज शोक सभामा मन्तव्य राख्दै नेपाली काङ्ग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले दलित आन्दोलनका अगुवा गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।

यस्तै, नेपाली कांग्रेस गुल्मीका उप–सभापति विष्णु बलाल,जिल्ला सचिव खिलध्वज पन्थी,पुर्व सांसद रुद्रमणि शर्मा भण्डारी, पुर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन लगायतले दलित अगुवा नेता विश्वकर्माको निधनले स्तब्ध बनाएको साथै पार्टीले एक कर्मनिष्ट व्यक्ति गुमाउनु परेको बताउँदै विपन्न परिवारमा जन्मे पनि समाजमा उल्लेखनीय योगदान पुर्याएको बताएका थिए ।

शोकसभामा नेपाली कांग्रेसका नेता महेन्द्र प्रसाद भण्डारी,ज्ञान् बहादुर कार्की,हरि कृष्ण विक,सीता अर्याल,वडा अध्यक्ष वेद प्रसाद पन्थी ,नर बहादुर विक,लुम्ब बहादुर श्रीपाली,रेखा कुमार जि सि,उपेन्द्र अर्याल,टीकाराम पन्थी,चन्द्रमणि लम्साल,लगायतले शोक मन्तव्य राख्दै विकले पुर्याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्