Logo

छोरी बलात्कार गरी फरार भएका व्यक्ति पक्राउ



Spread the love

२८ चैत , काठमाडाैँ – छोरी बलात्कार गरी फरार भएर नुवाकोटमा बसेका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १६ वर्षीया छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

पीडितले उजुरी गर्नु अघिनै फरार भएका ती बाबुले छोरीलाई ३र४ महिनादेखि पटकपटक बलात्कार गर्दै आएका थिए । स्थानीयले घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेको र त्यस लगत्तै ती व्यक्ति फरार भएको बताइएको छ ।

४३ वर्षीय ती व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्