Logo

गुल्मीमा जिप दुर्घटना : पूर्व सांसद सहित २ जनाको मृत्यु, ८ घाइते



Spread the love

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ च्यानडाडामा लु १ ज १९५७ नम्बरको जिप दुर्घटना हुँदा पूर्व सांसद सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पूर्व सांसद समेत रहेका जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर पाँचका अन्दाजी ६० वर्षीय रुद्रमणि भण्डारी र मालीका गाउँपालिका वडा नम्बर १ का आठ वर्षीय ओस्कर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा मालिका गाउँपालिका २ का ३२ वर्षीय सुर्य बहादुर थापा, २६ बर्षीय कोशिला थापा, ३ बर्षीय बिक्रिती थापा ,५ वर्षीय जेनिस थापा ,सवारी चालक ३६ वर्षीय कमल पुरी , १८ वषीय नरेन्द्र श्रीस ,तेस्तै मुसीकोट नगरपालीका वाड नम्वर १ का ४० वर्षीय भोज बहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई रहेका छन् ।धाइते मध्य सुर्य बहादुर थापा ,कोशिला थापा ,कमल पुरी ,नरेन्द्र श्रीस अवस्था गम्भीर रहेको बताईएको छ ।

दलीङग बाट बुटवलको लागी छुटेको जिप मुसिकोट नगरपालीकामा आज बिहान करिब ९ वजे दुर्घटना भई करिव १०० मिटर तल खसेको थियो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्