Logo

किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सको रोमान्चक जित



Spread the love

२८ चैत, काठमाडौं ।
बुधबार राती सम्पन्न खेलमा पोलार्डको विष्फोटक ब्याटिङसंगै इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा पन्जावलाई ३ विकेटले हराउँदै मुम्बईले रोमान्जक जित हात पारेको थियो।

१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। मुम्बईका जितमा काइरन पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै ८३ रनको विष्फोटक ब्याटिङ गरेपछि मुम्बईको जित सम्भब भएको थियो ।
पन्जावका लागि मोहम्मद सामीले ३,रविचन्द्र आश्विन,साम कुरन र अंकित राजपुतलले समान १ विकेट लिए ।

मुम्बईको घरेलु मैदान टस हारेर पहिला ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका लागि ओपनर के एल राहुलले सानदार शतक प्रहार गरेपनि त्यो जितको लागि प्राप्त रहेन । राहुल ६४ बलमा ६ चौका र छक्का प्रहार गर्दै १ सय रनमा नट आउट रहे पनि त्यो शतक खेर गयो। राहुलले १९ औं ओभरमा हार्दिक पान्ड्यालाई ३ छक्का र १ चौका प्रहार गर्दै २५ रन बनाएका थिए ।

त्यस्तै अर्का ओपनर क्रिस गेलले मात्र ३६ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रनको महत्वपूर्ण योगदान दिए । सुरुवात देखिनै आक्रमक रुपमा प्रस्तुत भएका गेलले ५ र्औ ओभरमा जोसन बेहरनडोफलाई ३ छक्का र १ चौका प्रहार गर्दै २३ रन बनाए।गेल र के एल राहुलले पहिलो विकेटका लागि १२.५ ओभरसम्म १ सय १६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पन्जावका मिडिल अडरका ब्याट्सम्यानहरु सस्तैमा आउट भए ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ४ ओभरमा ५७ रन खर्चिदा २ विकेट हात पारे । त्यस्तै जसप्रित बुमराह र जोसन बेहरनडोफले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्