Logo

डिएगो कोस्टालाई ८ खेलमा प्रतिबन्ध लगाउने प्रबल सम्भावना



Spread the love

२८ चैत,काठमाडौँ
एटलेटिको म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका फरवार्ड डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध हुने सम्भावना धेरै देखिएको छ ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना विरुद्धको खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेको कारण कोस्टालाई पहिलो हाफमा नै रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। रेफ्री गिल मान्जानोले उक्त घटनालाई आफ्नो रिपोर्टमा पनि सामेल गरेपछि त्यसबारे थप छानविन हुने भएको छ ।

उनले रेफ्रीलाई गालि गरेका कारण ४ खेल र रेफ्रीलाई हातपात गर्न खोजेका कारण ४ खेल गरि कुल ८ खेल गुमाउने सम्भावना उच्च रहेको छ । स्पेनिस फुटबल संघले औपचारिक जानकारी भने केहि दिनमा सार्वजनिक गर्नेछ ।

अब एटलेटिकोले ७ खेल मात्र खेल्न बाँकी छ । कोस्टाले ८ खेलको प्रतिबन्ध भोग्नु परेमा उनले सिजनका बाँकी सबै खेल र अर्को सिजनको पनि सुरुवाती खेल गुमाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्