Logo

किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको टिसी स्पोर्ट्सबाटै खेल्ने



Spread the love

२८ चैत, काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलरक्षक किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट नै खेल्ने छन् ।

गत सिजन टिसीलाई डिभिजन लिगको च्याम्पियन बनाउँदा किरणको भूमिका निक्कै महत्त्वपूर्ण रहेको थियो। लिगको सर्वोत्कृष्ट गोलरक्षक बनेका किरणले माल्दिभ्स एफएको वर्षको उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेका थिए। किरणको उत्कृष्ट प्रदर्शनका कारण नै उनलाई अर्को वर्षका लागि पनि अनुबन्ध गरेको छ।

यसअघि पनि किरणले टिसीबाट नै खेलेका थिए । त्यसपछि भारत पुगेका उनले मिनेर्भा पन्जाबलाई आई-लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरे । उनले आई लिगको सफलता पछि माल्दिभ्समा पनि लिग जित्दै आफुलाई उत्कृष्ट साबित गरेका थिए । पछिल्लो समय नेपालमै रहेर प्रशिक्षण गरिरहेका किरण यसै महिना माल्दिभ्स प्रस्थान गर्ने छन् ।

राष्ट्रिय टोलीबाट कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि किरणको प्रदर्शन उच्च रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्