Logo

रोनाल्डोको च्याम्पियन्स लिगमा बेग्लै पहिचान



Spread the love

२८ चैत, काठमाडौं ।
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको युभेन्टस र आयाक्सबीचको खेल १-१ को बराबरीमा रोकियो। उक्त खेलमा युभेन्टसका लागि स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

रोनाल्डोले च्याम्पियन्स लिगमा टोलीलाई आवश्यक परेको बेलामा गोल गर्ने आफ्नो कार्यलाई बुधबार पनि निरन्तरता दिएका थिए। उनले प्रतियोगिताको मुख्य पाटोमा गोल गर्दै बेग्लै कीर्तिमान कायम गरेका छन् । क्वाटरफाइनल, सेमीफाइनल र फाइनलमा रोनाल्डोले ४१ गोल गरेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगमा बेग्लै छाप छोडेका छन् ।

उनले नकआउट चरणमा आफ्नो गोलसंख्या ६४ पुर्याएका छन् । मेसीको तुलनामा रोनाल्डोले २५ गोल बढी गरेका छन् । त्यसपछि सुचिमा बायर्न म्युनिखका थोमस मुलर २१ गोल गरेका छन् । रोनाल्डो एक्लैले दोस्रो र तेस्रो स्थानमा रहेका खेलाडीले गरेको गोल संख्या भन्दा बढी गोल गरेका छन् ।

 च्याम्पियन्स लिग होस् या नकआउट चरणमा अन्य क्लबहरुसँग तुलना गर्दा होस् रोनाल्डोको गोल संख्या भने शीर्ष स्थानमा छ।मेसी भने रोनाल्डोलाई पछाई रहेका छन् ।

रोनाल्डोले ६३ गोल गर्दा इंग्लिस क्लब आर्सनलले ५३ तथा लिभरपुलले ४९ गोल मात्र गर्न सकेका छन् । मेसीले ४२ गोल गर्दा डर्टमुन्ड, पीएसजी र पोर्टोले समान ३८ तथा एटलेटिको म्याड्रिड, इन्टर मिलान र एएस मोनाकोले ३३ गोलमात्र गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्