Logo

भारतीय कांग्रेस पार्टीबाट उमेदार नायिका उर्मिला मातोडकरन



Spread the love

चलचित्र ‘मासुम’ बाट बालकलाकारको रूपमा काम गरेपछि चर्चा कमाएकी अभिनेत्री उर्मिला मातोडकरन त्यस पछि चलचित्र ‘रंगिला’ बाट नायिकाका रूपमा बलिउडमा उत्रिएकी थिइन् । उनको यो चलचित्र सुपरहिट भएको थियो ।

उर्मिलाका दर्जनौं चलचित्र सफल भएका छन् । त्यस्तै विवाहपछि हराएकी फिल्मी दुनियाबाट हराएकी उनी अहिले राजनीति गर्न थालेकी छिन् ।

 

उर्मिलालाई कंग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीमा स्वागत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय कंग्रेस पार्टीबाट अभिनेत्री उर्मिला मातोडकरले महाराष्ट्र मुम्बई उत्तर संसदीय सीटबाट लोकसभा चुनाव लड्ने भएकी छिन् । उनी अहिले चुनाबको प्रचारप्रसारमा जोडदार रुपमा हिडिरहेकी छिन् ।

भारतमा आज अप्रिल ११ बाट सुरु भएको निर्वाचनको नतिजा मे २३ सम्ममा सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्