Logo

नेपाली महिला फुटबल टोली तेस्रो स्थानमा चित्त बुजाउदै स्वदेश फिर्ता



Spread the love

 

२८ चैत, काठमाडौं ।
ओलम्पिक छनोटको दोस्रो चरण खेलेर बिहीबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । म्यानमारमा छनोटका ३ खेल खेल्दै २ मा हार र एकमा जित निकाल्दै नेपाली टोली फर्केको हो ।

आयोजक म्यानमार भने ओलम्पिक तेस्रो चरणका लागि छनोट भएको छ । म्यानमार र भारतसँग पराजित नेपाली टोलीले इन्डोनेसिया माथि भने जित निकालेको थियो।

इन्डोनेसियालाई २–१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । यो संगै राष्ट्रिय टोलीबाट उनको गोलसँख्या २८ पुगेको छ ।नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको सुचिमा उनी दोस्रो नम्बरमा छिन् ।

महिला टोलीलाई महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्