Logo

अष्ट्रेलियामा आमनिर्वाचनको मिति तय



Spread the love

२८ चैत, काठमाडौं ।
अस्ट्रेलियामा आमनिर्वाचनको घोषणा मिति तय संगै अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे १८ का लागि आमनिर्वाचनको घोषणा गरेका छन् ।

हाल अस्ट्रेलियामा कन्जरभेटिभ पार्टीको सरकार छ । सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने छन् ।

अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेटमा ७६ सिट छन् । सिनेटको निर्वाचन प्रक्रिया केही फरक भएकोले कूल ७६ मध्ये आधा स्थानका जनप्रतिनिधि मात्रै प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् ।

आमनिर्वाचनको प्रमुख मुद्दा जलबायु परिवर्तन र आर्थिक व्यवस्था हुने छ । दुई कार्यकालदेखि सत्तारुढ कन्जरभेटिभ पार्टीलाई पुनः निरन्तरता दिन्छन् या त्यसलाई बिल नेतृत्वको दलले विस्थापित गर्छ भन्ने विषयलाई मुख्य चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्