Logo

आईपीएलः धोनीको जादुमा राजस्थान विरुद्ध चेन्नाईको शानदार जित



Spread the love

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको २५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई पराजित गर्दै चेन्‍नई  सुपर किङ्‍स ४ विकेटले विजयी भएको हो ।

जयपुरस्थित सवाइ मानसिंह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदै १५१ रन बनाएको थियो । उसका लागि बेन स्टोकले २८ रन बनाए भने जोस बटलरले २३ रन थपे । अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।

श्रीयास गोपाल र जोफ्रा आर्चरले क्रमसः १९ र १३ अविजित रन बनाएपछि राजस्थानले १५० को स्कोर पार गरेको हो । बलिङमा चेन्नेइका रविन्द्र जडेजा, सार्दुल ठाकुर र दीपक चाहरले दुई दुई विकेट लिए । जितसँगै चेन्नाइले लिगको अंकतालिकामा शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । चेन्नाईको ७ खेलमा १२ अंक छ भने दोस्रो स्थानेको कोलकाता नाइट राइडर्सको ६ खेलमा ८ अंक छ ।

१५२ रनको लक्ष्य पछ्याएको चेन्नाईले इनिङको अन्तिम बलमा जित हासिल गर्नुअघि विकेट गुमाएको थियाे । अन्तिम ओभरमा चेन्नाइलाई जितका लागि १८ रन आवश्यक थियो । बेन स्टोक्सको बलिङमा रविन्द्र जडेजा र मार्क सान्टनरले छक्का प्रहार गरेर जित दिलाए । अन्तिम बलमा ३ रन आवश्यक रहेकोमा स्टानटरले छक्का प्रहार गरेका थिए ।

चेन्नाईले सुरुआती ४ विकेट सस्तैमा गुमाएको थियो । सेन वाट्सन, फाप डू प्लेसिस, सुरेश रैना र केदार जादव गरी चार सुरुआती ब्याट्सम्यान सस्तैमा आउट हुँदा चेन्नाईले २४ रनमात्र बनाएको थियो । कप्तान महेन्द्रसिंह धोनी र अम्बाती रायडूले पाँचौं विकेटका लागि ९५ रनको सानदार साझेदारी गरेपछि जितको आधार बनेको थियो ।

अन्तिम दुई ओभरमा क्रमसः रायडू ५७ र कप्तान धोनी ५८ रनमा आउट भए । रायडूले ४७ बलमा २ चौका र ३ छक्का तथा धोनीले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्