Logo

आईपीएलः कोलकाता विरुद्धको आजको खेलमा दिल्ली टिममा पर्लान् त सन्दीप ? कस्तो छ सम्भावना ?



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबारको खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच आमनेसामने हुँदैछ ।
दुईबीचको खेल कोलकाताको इडेन गार्डेन रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजेदेखि सुरु हुनेछ ।
आईपीएलमा दिल्लीको खेल आएसँगै सम्पूर्ण नेपाली क्रिकेट समर्थकमाझ एउटै प्रश्न खेल्न थाल्छ कि समग्र नेपाल कै शान बनेर आईपीएल खेलिरहेका लेग स्पिनर सन्दीप लामिछाने टिममा पर्लान् कि नपर्लान् ?
दिल्लीका सुरुआती २ खेलमा टिममा नपरे पनि त्यसयता चार खेलमा लगातार खेलेर सन्दीपले ५ विकेट लिएका छन् । दुई दिनअघि रोयल च्यालेन्जर्स बैंग्लोरबिरुद्धको खेलमा मोइन अलीको विकेटसँगै सन्दीपले ट्वान्टी ट्वान्टी क्रिकेटमा ५० विकेट पूरा गरेका छन् ।
त्यस खेलमा सन्दीपले करिअरकै खराव बलिङ गर्ने क्रममा ४६ रन खर्चेका थिए । त्यसैले यस खेलमा उनी टिममा नपर्ने टिप्पणी हुने गरेको छ । तर, कोलकाताबिरुद्धको यसअघिको प्रदर्शन सन्दीपको राम्रो थियोे । घरेलु मैदान फिरोज साह कोट्ला मैदानमा भएको खेलमा सन्दीपले १ विकेट लिएका थिए । उनले दिल्लीका अन्य बलरको तुलनामा उत्कृष्ट खेलेका थिए । त्यस खेल दिल्लीले सुपर ओभरमा जितेको थियो । दुवै टिमले १८५ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्