Logo

रिडि–रुद्रवेणी सडक खण्ड पिच प्रक्रिया अघि बढ्यो



Spread the love

२९ चैत,गुल्मी – गुल्मी को सत्यवती गाउँपालिका स्थित रिडि–रुद्रवेणी सडक अब छिटै पिच हुने भएको छ ।

आज नेपाली सेनाका कर्णेल रेश्मीराज भट्टराई, कालीगण्डकी सरोकार समिति प्रतिनिधि टिकाराम ढकाल, रीडी गायत्रीका अध्यक्ष परशुराम भट्टराई ,सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल र योजना प्रमुख सहित बसेको बैठकले उक्त सडक खण्ड डिभिजन कार्यालय पाल्पामा हस्तान्तरण गरी पिचको प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।

रिडि देखी रुद्रवेणी सम्मको करिब ९ किलोमिटर सडक खण्ड दुई वर्ष अघि नेपाली सेनाले आठ करोड लागतमा निर्माण गरेको थियो भने करिब ४ महिनाको अवधिमा सेनाले उक्त सडक ११ मिटर चौडा पारेको थियो ।

सडक पिच नहुँदा लामो समयदेखि त्यस क्षेत्रका जनता समस्यामा पर्दै आएका थिए । जनताको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालको विशेष पहलमा उक्त सडकको पिच प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

साथै, उक्त योजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेको र कार्यालय प्रमुखबाट पनि समयमै काम सम्पन्न गर्न आश्वाशन पाएको अध्यक्ष ढकालले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्