Logo

आईपीएलः विराटको बैंग्लोरको यस सिजनको पहिलो जित, पञ्जाब ८ विकेटले पराजित



Spread the love

१ बैशाख, काठमाडौं ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो राति सम्पन्न २८ औं खेलमा विराट कोहलीको कप्तानी रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले यस सिजनको पहिलो जित हात पार्न सफल भएको छ ।

शनिबार टस हारेर ब्याटिङ गरेको किङ्‍स इलेभेन पन्जाबलाई बैंग्लोरले ८ विकटले पराजित गरेको हो । पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य १९ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

बैंग्लोरको जितका लागि विराट कोहली र एबी डी भिलियर्यसले अर्धशतकीय पारी खेले । कोहलीले ५३ बलमा ८ चौकाकोव मद्दतले ६७ रनको योगदान गरे भने एबी डी भिलियर्सले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ५९ रन जोडे । मार्कस स्टोनिसले अविजित २८ रन बनाए भने पार्थिव पटेलले १९ रन जोडे ।

पन्जाबका लागि मोहम्मद सामी र रविचन्द्रन आश्विनले समान एक-एक विकेट लिए । यसअघि पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ६४ बलमा १० चौका र ५ छक्काको मद्दतले ९९ रनको योगदान गरेको थिए । लोकेश राहुल र मन्दीप सिंहले समान १८ रन बनाउँदा मयंक अग्रवाल र सर्फराज खानले समान १५ रन जोडेका थिए ।

बैंग्लोरका लागि युज्भेन्द्र चाहलले २ विकेट लिँदा मोईन अली र मोहम्मद सिराजले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्