Logo

आईपीएलः बटलरको शानदार ब्याटिङमा मुम्बई विरुद्ध राजस्थानको दोस्रो जित



Spread the love

१ बैशाख, काठमाडौं ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा हिजो सम्पन्न खेलमा जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन बनाएपछि मुम्बई विरुद्ध ३ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले यस सिजनको दोस्रो जित हात पार्न सफल भएको छ ।

मुम्बईको भने यो तेस्रो हार हो । हारपछि ७ खेलबाट ८ अंक रहेको मुम्बई तेस्रो स्थानमै यथावत छ । यस्तै ७ खेलमा दुई जितबाट ४ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो (सातौँ) स्थानमा छ ।

बटलरले ४३ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ८९ रन बनाएपछि राजस्थानले १८८ रनको लक्ष्य १८.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । यस्तै अजिन्का रहानेले ३७ र सन्जु सामसनले ३१ रन योगदान गरे । श्रेयास गोपालले ७ बलमा नटआउट १३ रन जोडे । मुम्बईका क्रुनल पाण्ड्याले ३ र जसप्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि क्वेन्टन डे ककले अर्धशतक प्रहार गरेपछि मुम्बईले ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । घरेलु मैदानमा डे ककले ५२ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै रोहित शर्माले ४७ रन बनाए भने हार्दिक पाण्ड्याले ११ बलमा नटबउट २८ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्