Logo

आईपीएलः आज दिल्लीको खेल हुँदै, सन्दीप पर्लान् त प्लेइङ इलेभेनमा ?



Spread the love

१ बैशाख, काठमाडौं ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को आज राति हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ ।

दिल्लीको खेल हुने बित्तिकै सबै नेपाली क्रिकेटप्रेमीहरूमा एउटै कौतुहलता बन्न पुग्छ कि – दिल्लीको प्लेइङ इलेभेनमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्लान् या नपर्लान् ?

अघिल्लो खेलमा नपरेका सन्दीप यसपालि भने पर्ने सम्भावना रहेको क्रिकेटका पण्डितहरूले लेखेका छन् ।

सन्दिप लामिछानेले पहिलो र दोश्रो खेलमा सुरुवाती ११ मा पर्न सकेका थिएनन् ।

दिल्लीको तेश्रो खेलमा कोलकाता बिरुद्ध खेल्दै सन्दीपले १ विकेट लिन सफल भएका थिए भने चौथो खेलमा पन्जाब बिरुद्ध शानदार २ विकेट लिएका थिए । पाँचौ खेलमा सनराइजर्स बिरुद्ध नै उनले १ विकेट लिन सफल भएका थिए ।

त्यसैगरी छैठौँ खेलमा बैंग्लोर बिरुद्ध १ विकेट लिए पनि अत्यधिक रन दिएका थिए । सातौ खेलमा दिल्लीले उनलाई प्लेइङ ११ मा पारेन ।

आज दिल्लीको यस सिजनको आठौं खेल हो । आजको खेलमा सन्दीपको सम्भावना कत्तिको रहनेछ, त्यो हेर्न बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्