Logo

टोटेनहमसंग हडर्सफिल्ड फराकिलो अन्तरले पराजित



Spread the love

 

१ वैशाख, काठमाडौं ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले हडर्सफिल्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा मौराले ह्याट्रिक पुरा गर्दा भिक्टर वानयामाले एक गोल थपे ।

टोटेनहमले २४औं मिनेटमा भिक्टर वानयामाको गोलबाट अग्रता लिएको थियो । उनले फर्नान्डो लोरेन्टेको पासमा गोल गरेका थिए । खेलको २७औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनायो । एकपक्षीय बनेको खेलमा ८७औं मिनेटमा क्रिस्यिन इरिक्सनको पासमा मौराले पुन: गोल थपेपछि टोटेनहम ३–० ले अग्रता बनाई राख्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मौराले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ४–० को फराकिलो जित निकाल्यो ।

जितसँगै टोटेनहम ३३ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । हडर्सफिलड २० अंकसहति रेलिगेसन जोनको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्