Logo

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप फेरि ‘डाउन’



Spread the love

विश्वभर सामाजिक सञ्‍जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको छ । फेसबुक र इन्साटाग्राम प्रयोगकर्ताको पहुँचमा छैनन भने ह्याट्सएपमा म्यासेज पठाउन र प्राप्त गर्न समस्या भएको छ ।

फेसबुक , इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । फेसबुकले व्यहोरेको यो नै अहिलेसम्मको सबभन्दा ठूलो समस्या भएको बताइएको छ ।

दुई अर्ब तीस करोड प्रयोगकर्ता रहेको फेसबुकमा के कारणले समस्या आएको भन्ने वास्तविकता खुलाइएको छैन ।

आज देखिएको समस्याबारे फेसबुकले आधिकारिक रुपमा केही जनाएको छैन ।विश्वका धेरैजसो स्थानमा फेसबुक अवरुद्ध भएको जनाइएको छ । चलेका स्थानमा पनि राम्रोसँग नखुलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्