Logo

निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाइते



Spread the love
ढलान गर्दा गर्दै भत्किएको पुल

१ बैशाख, गुल्मी – सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भत्कियो । तर यो वास्तविकता हो ।

गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिगाड खोलामा वडा नम्बर ३ र वडा नम्बर ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा ठेकेदार सहित ५ जना घाइते भएका छन् ।

घाइते सबैको बागलुङको हटियामा उपचार भइरहेको वडा नं ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले सल्लेरी खबरलाई बताए ।

उक्त पुल वाइपी कन्ट्रकसनले ५ करोड लागतमा ठेक्का लिएको थियो भने यही आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न गर्न लक्ष्य रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्