Logo

आईपीएलः कोलकातालाई ५ विकेटले पराजित गर्दै धोनीको चेन्नाई विजयी



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार साँझ भएको चेन्नाई विरुद्ध कोलकाता बीच भएको भिडन्तमा चेन्नाई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ ।

कोलकताको घरेलु मैदानमा भएको खेलमा सुरेश रैनाको अर्धशतकमा चेन्नईले जित हात पारेको हो । टस हारेर ब्याटिङ रोजेको कोलकताले चेन्नाईलाई १६२ रनको लक्ष्य दिएको थियो । चेन्नाईले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

आठ खेलमा ४ मा जित र ४ मा हार व्यहोर्दै कोलकाता ८ अंकसहित लिग तालिकाको दोस्रो नम्बरमा गएको छ भने समान आठमध्ये एक खेलमा मात्र पराजित भएको चेन्नाई १४ अंकसहित लिग तालिकाको शीर्षस्थानमा छ ।

चेन्नाईको जितका लागि सुरेश रैनाले १ छक्का र ७ चौका प्रहार गर्दै अविजित ५८ रनको योगदान गरे ।

कोलकताका लागि सुनिल नाराइने र पियुष चाउलाले समान दुई-दुई विकेट लिए भने ह्यारी गर्नीले एक विकेट लिएका थिए ।

चेन्नईका लागि इमरान ताहिरले सर्वाधिक चार विकेट लिए भने सार्दुल ठाकुरले दुई र मिट्चेल सान्टनेर एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्