Logo

आईपीएलः सन्दीप विहीन दिल्ली र हैदराबाद भिड्दै, दिल्ली ब्याटिङमा; कसले मार्ला बाजी ?



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग(आईपीएल) को आइतबार राति भैरहेको ३० औं खेलमा दिल्ली क्यापिटल्सको प्लेइङ-११ मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अटाएका छैनन् । दिल्लीले अहिले सनराइजर्स हैदराबादसँग भिडन्त गरिरहेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले ९ ओभर पुगिसक्दा ३ विकेटको क्षतिमा ८१ रन जोड्न सफल भएको छ ।

पछिल्ला चारै खेलमा स्थान बनाएका नेपाली युवास्टार सन्दीप यसअघि शुक्रबार भएको कोलकातासँगको खेलमा पनि प्लेइङ-११ मा परेका थिएनन् । उनी समावेश प्रत्येक खेलमा विकेट लिएका सन्दीपले उत्कृष्ट बलिङ गर्न नसकेपछि सन्दीप टिममा नपरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्