Logo

आईपीएलः यस सिजनमा सन्दीप लामिछाने र रासिद खान मध्ये को छ अगाडि ? (तथ्य सहित)



Spread the love

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्याटिल्सबाट खेलिरहेका छन् भने अफगानिस्तानका विश्व नम्बर एक लेग स्पिनर रासिद खानले हैदराबादबाट ।

रासिद विश्वका उत्कृष्टमध्ये एक हुन् । तर जारी आईपीएलमा रासिदभन्दा सन्दीप अघि देखिएका छन् । तथ्यले पनि यही देखाउँछ ।

सुरुवाती दुई खेल बेन्चमै बिताएका सन्दीपले त्यसपछि लगातार चार खेल खेले भने दिल्लीको सातौं खेलमा भने फेरी उनी बेन्चमै रहेँ । यता रासिद भने हैदरावादको टिममा निरन्तर छन् । तुलनात्मक रुपमा रासिदले भन्दा सन्दीपले राम्रो प्रदर्शन गरेका छन् ।

सन्दीपले जारी आईपीएलमा चार खेल खेल्दै पाँच विकेट लिएका छन् । सन्दीपले सबै खेलमा विकेट लिन सफल भएका छन् । हैदरावादविरुद्धको यसअघि होम खेलमा पनि एक विकेट लिएका थिए । सन्दीपले उक्त खेलमा चार ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट हात पारे ।

यता, रासिदले भने जारी आईपीएलमा आफुले खेलको ६ खेलबाट पाँच विकेटमात्रै लिएका छन् भने विकेट तालिकामा सन्दीपभन्दा पछि छन्

प्रतिक्रिया दिनुहोस्