Logo

४.८ म्याग्निच्यूडकाे भूकम्पको धक्का



Spread the love

२ बैशाख , काठमाडाैँ – बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ ।

नेपाली समय अनुसार साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे । भूकम्पबाट खास कुनै क्षति भएकाे विवरण आएकाे छैन तापनि स्थानीयमा सामान्य त्रास भने पैदा गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्