Logo

फराकिलो जितसंगै बायर्न जर्मन बुन्डेस लिगामा पुनः शीर्षस्थानमा



Spread the love

२ वैशाख, काठमाडौं ।  जर्मन बुन्डेस लिगामा अन्तर्गत आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले घरेलु टोली फोर्टुना डुसेलडर्फमाथि ४–१ को जित निकाल्दै पुनः शीर्षस्थानमा उक्लिएको हो । बायर्न २९ खेलबाट ६७ अंक जोड्दै पहिलो स्थानमा र १ अंकले पछि पर्दै बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा रहेको छ ।

बायर्नले सुरुवात देखि नै आक्रमक फुटबल खेल्दा खेलको १५औं मिनेटमा कोमानको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

५५औं मिनेटमा सर्जी जिनाब्रीले अर्काे गोल गर्दा बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । ८९ औं मिनेटमा फोर्टुनाका डुडीले पेनाल्टी मार्फत गोल फर्काउदै गोल अन्तर कम गरेपनि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियोनले गोल गर्दै बायर्नलाई ४–१ को फराकिलो जित दिलाए । यससँगै जर्मन बुन्डेस लिगाका उपाधि होड झनै रोमाञ्चक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्