Logo

कप्तान विराट कोहलीलाई १२ लाख जरिवाना



Spread the love

 

२ बैशाख, काठमाडौं ।
शनिबार राती सम्पन्न पन्जावसँगको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले सुस्त गतिमा बलिङ गरेको भन्दै आईपीएल आयोजकले कोहलीलाई भारतीय १२ लाख रुपैयाँ जरिवाना गरेको छ । नियम अनुसार टी ट्वान्टी खेलमा एक इनिङ्समा ७५ मिनेटमा सक्नु पर्ने हुन्छ सो समय भन्दा बढी लगाएको खण्डमा जरिवाना तिर्नुपर्ने हुन्छ ।

किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात परेको थियो। यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित हुदा बेंगलोरले बाँकी सबै खेल जितेर पनि अन्य टोलीको नजिता आफु अनुकुल आउन सके मात्र प्ले अफमा पुग्ने सम्भावना देखिन्छ ।

जारी आईपीएलमा यस अघि मुम्बईका कप्तान रोहित शर्मा र राजिस्थान रोयल्सका कप्तान अजिंक्या रहाणे पनि सुस्त गति मा बलिङ गरेको कारण कारबाहीमा परि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्