Logo

२ सय ५० किलोको बम बिस्फोट



Spread the love

२ बैशाख , काठमाडाैँ – जर्मनीको फ्र्याङ्कफर्टस्थित नदीमा दोस्रो विश्वयुद्धकालीन एउटा बम विस्फोट गराइएको छ। आइतबार उक्त बम विस्फोट गराइएको हो ।

सिएनएनका अनुसार २५० किलो उक्त बम शुक्रबार फ्रान्सफर्टको मुख्य नदीमा राइनको प्रान्तमा निष्क्रिय पारिएको थियो । अग्निनियन्त्रकहरूसँग गोताखोरहरूले नियमित अभ्यास गर्ने क्रममा उक्त बम मंगलबार फेला परेकाे थियाे ।

राइनको प्रान्तमा निष्क्रिय पारिएको थियो । अग्निनियन्त्रकहरूसँग गोताखोरहरूले नियमित अभ्यास गर्ने क्रममा उक्त बम फेला परेकाे थियाे ।

आइतबार विशेषज्ञहरूले उक्त बमलाई विस्फोट गराउनअघि करिब छ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। विस्फोटनपछि गोताखोरहरूलाई पानीभित्र गएर बम निष्क्रिय भए नभएको जाँचेका थिए।

सिएनएनकमा राखिएको तस्बिरमा दुईवटा पुलको बीचमा माथिसम्म ठूलो पानीको फोहोरा पुगेको देखिन्छ।

फ्रैंकफर्ट मेयरले एक ट्विट गर्दै सबै स्वयंसेवकहरुलाई धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, “म उनीहरूकाे स्वयंसेवकता, बम निष्क्रिय पार्नकाे लागि गरेकाेप्रति सबैलाई धन्यवाद दिन चाहन्छु – र आफ्नो निवास छाडेर उक्त कार्यकाे लागि सहयाेग र धैर्य गरेका लागि आभार प्रकट गर्दछु ।

जर्मनीमा बम र युद्धका अरू अस्त्रहरू फेला परिरहनु असामान्य चाहिँ होइन।गत वर्ष जर्मन प्रहरीले मध्य बर्लिनमा दोस्रो विश्वयुद्धकालीन एउटा बम निष्क्रिय पारेका थिए। बम निष्क्रिय पार्नुअघि १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्