Logo

फलो अपः जनप्रतिनिधिले नै भने,”भ्रष्टाचारको कारणले गर्दा बन्दा-बन्दैको पुल भत्किन पुग्यो”



Spread the love
ढलान गर्दा गर्दै भत्किएको पुल

सोमबार गुल्मीको मुसिकोट नगरपालिका बडीगाड खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किनुको मुख्य कारण भ्रष्टाचार भएको जनप्रतिनिधि स्वयमले बताएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले भ्रष्टाचारका कारण पुल भत्किएको उल्लैख गरेका हुन् ।

सल्लेरी खबर टिमसँग कुरा गर्दै काफ्लेले भने,”तलदेखि माथिसम्म भ्रष्टाचारको जालो छ । नाफा कमाउने उद्देश्यले कमसल वस्तु प्रयोग गरियो ।”

यसको छानबिन गर्न आँफुहरुले जोडदार माग गरेको उनले जानकारी दिएका छन् ।

“कतिपय कुरा डिजाइन मिस्टेक होला”, उनले भने । “यसको जवाफ हामी ठेकेदार, इन्जिनियरसँग माग्छौँ ।”

यता पुल भत्किएको खबर पाउने बित्तिकै स्थलगत रिपोर्टिङको लागि निर्माणस्थल पुगेर फर्किए लगत्तै आयोजना प्रमुख पारस पन्थीसँगको कुराकानीमा उनले पुल भत्किनुलाई दुर्घटनाको रुपमा लिन भनेका छन् ।

“पुलको टेका भाच्चियो कि भासियो ! यी दुई कारणले गर्दा पुल भत्किन सक्छ, मेरो अनुमान हो ।” उनले सल्लेरी खबरलाई बताए ।

प्रि–स्ट्रेस डिजाइन भएकोले ५५ मिटर लामो पुलमा पिलर नराखेको पन्थीको दाबी छ । नेविसंघ जिल्ला कार्यसमिति गुल्मीका उपसभापति राम्जी पन्थीको नेतृत्वको टोलीले भौतिक पुर्वाधार विकास कार्यालय गुल्मीमा मौखिक रूपमा छानबिनको माग राखेको नेविसंघ रेसुङ्ग बहुमुखी क्यामपसका ईकाइ सभापति पुनराम घिमिरेले जानकारी दिएका छन् ।

 

यो पनि पढ्नुहोस्ः

निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो

 

बढिगाड खोलामा वडा नम्बर ३ र वडा नम्बर ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा ठेकेदार सहित ५ जना घाइते भएका थिए। भत्किएको उक्त पुल वाइपी कन्ट्रकसनले ५ करोड लागतमा ठेक्का लिएको थियो भने यही आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न गर्न लक्ष्य रहेको थियो ।

 

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्