Logo

आईपीएलको ‘उदाउँदो खेलाडी’को भोटिङमा नेपालका सन्दीप धेरै पछाडि, यसरी गर्नुहोस् उनलाई भोट



Spread the love

विश्व चर्चित तथा प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण भारतका विभिन्न सहरमा अहिले जारी छ । हालसम्म ३० खेलको समाप्तिमा अंक तालिकामा चेन्नाईले शीर्षस्थानमा पकड बनाएको छ ।

गत सिजन जस्तै यो सिजन पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमर्जिङ प्लेयर अवार्ड’ अर्थात् ‘उदाउँदो खेलाडी पुरस्कार’ को दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि मनोनयनमा पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिँदै उत्कृष्टता दर्शाएका सन्दीप इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका हुन् ।

तर अहिलेसम्मको ताजा स्थितिमा नेपालका सन्दीप लामिछानेले प्राप्त गरेको भोट भारतका मोहम्मद सिराज भन्दा धेरै पछाडि रहेको स्थिति छ । अहिलेसम्म भारतका सिराजको ५६% भोट हुँदा नेपालका सन्दीप लामिछानेको जम्मा ४२% मात्र भोटिङ रहेको छ ।

सन्दिप लामिछानेलाई ‘इमर्जिङ प्लेयर’का लागि भोट गर्न यहाँ क्लिक गर्नुहोस् 

यस सिजनमा ‘इमर्जिङ प्लेयर अवार्ड’मा सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आईपीएलको आधिकारीक वेवसाईटमा गएर अवार्डका लागि आँफुलाई मनपर्ने खेलाडीलाई  भोट गर्न सकिन्छ । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्