Logo

संसार प्रसिद्ध पेरिसको “नोट्र ड्याम” मा भिषण आगलागी (हेर्नुहोस् धुवाँले भरिएको पेरिस)



Spread the love

फ्रान्सको पेरिस पुग्दा आईफेल टावर र नोट्र ड्याम छुटाउनै नहुने पर्यटकीय गन्तव्य मानिन्थे । तर अब भने नोट्र ड्यामलाई देख्न पाइने छैन ।

युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो। फ्रान्सको गोथिक वास्तुकलाको अनुपम नमुना मानिने उक्त क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकलाई झन्डै आठ घण्टा लाग्यो।

नोट् ड्याम निर्माण गर्न १०० वर्ष भन्दा बढी समय लागेको थियो । सन् ११६० मा काम सुरु गरेर १२६० मा तयार भएको ८ सय वर्ष पुरानो आफ्नो सम्पदा जलेको हजारौँ पेरिसवासीले लामवद्ध बनेर हेरेका थिए। तीमध्ये धेरैका आँखामा आँसु थियो।

राष्ट्रपति इमान्युल म्याक्रों देशवासीका नाममा गर्न लागेको सम्बोधन स्थगित गरेर घटनास्थल पुगेका थिए। उनले आफ्नो सरकारलेनोट्र ड्यामको पुनर्निर्माणलाई अभियानको रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि उनले फ्रान्सभित्र र बाहिर रहेकाहरूसँग फ्रान्सेलीहरूमा सहयोगको अपिल गरेका छन्। गुसी लगायतका ब्रान्डको उत्पादक केरिङका प्रमुख कार्यकारी अधिकृतले ११३ मिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको समाचार संस्था एएफपीले जनाएको छ।

मध्यकालीन वैभवका रूपमा चिनिने नोट्र ड्यामलाई आवर लेडी अफ पेरिस भनेर पनि चिनिन्थ्यो ।

हेर्नुहोस् धुवाँले भरिएको पेरिस (फोटो फिचर):

 

फोटो स्रोतः एएफपी

प्रतिक्रिया दिनुहोस्