Logo

१० फोटोमा हेर्नुहोस् क्युट आलिया भट्टको हट एण्ड बोल्ड अन्दाज (फोटो फिचर)



Spread the love

आलिया भट्ट भारतीय चलचित्र क्षेत्रकी एक बहु-प्रसिद्ध अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बईमा भएको थियो। भट्ट परिवारमा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् ।

सन् १९९९ मा ‘सङ्घर्ष’ नामक चलचित्रमा बाल-कलाकारको रूपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ चलचित्रमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् । जुन चलचित्रलाई करन जोहरले निर्देशन गरेका थिए । करन जोहरको कलाकक्ष (स्टुडियो) – धर्मा प्रोडक्सन सँग सहकार्य गर्दै उनले केही प्रमुख चलचित्रमा मुख्य भुमिका निभाइन् ।

 

जस अन्तर्गत ‘२ स्टेट्स’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपुर एण्ड सन्स’, ‘डियर जिन्दगी’ र ‘बद्रीनाथ की दुल्हनिया’ पर्दछन् । यिनै चलचित्रको व्यवसायिक सफलताका कारण उनी बलिउडमा स्थापित भइन् । हाइवे फिल्ममा गरेको गम्भिर र भावनात्मक प्रस्तुतीका कारण उनले समालोचनात्मक प्रसंशा पाइन् र फिल्मफेयर क्रिटिक्स अवार्ड जितिन् । त्यस्तै अपराधिक नाटक “उड्ता पन्जाब” मा गरेको प्रदर्शनका कारण उनले उत्कृष्ट अभिनेत्रीका लागि दिइने फिल्मफेयर अवार्ड जितेकी थिइन् ।

सन् २०१८ मा, राजी फिल्ममा उनले एउटा जासुसको भुमिका निभाइन जुन फिल्म मुख्य पात्र महिला भएका फिल्ममध्येमै सबैभन्दा धेरै व्यवसायिक सफलता हाँसिल गर्न सफल बन्यो । कलाकारिताका अलावा, आलियाले आफ्नै कपडा र हाते-झोलाको व्यवसायिक क्षेत्रमा पनि कदम चालेकी छन् र “को-एक्जिष्ट” नामक पर्यावरणीय योजनाको सुरूवात गरेकी छन् । यसका साथै उनले आफु अभिनित चलचित्रहरूमा जम्मा ६ वटा गीत पनि गाएकी छन् जसमा “सम्झावन अनप्लग्ड” (२०१४) पनि पर्छ ।

उनको ‘कलंक’ फिल्म केही दिन मै रिलीज हुन गइरहेको छ ।

हेर्नुहोस् उनै स्वीट आलियाका केही हट एण्ड बोल्ड तस्बिरहरूः

तस्बिर स्रोतः गुगल

प्रतिक्रिया दिनुहोस्