Logo

च्याम्पियन्स लिगमा आज बार्सिलोना र म्यान्चेस्टर भिड्दै, कसले मार्ला बाजी ?



Spread the love

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । खेल राति १२ः४५ बजेपछि सुरु हुनेछ । जित वा बराबरी खेले बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ । हारले भने खेल लम्बिने अथवा बाहिरिने सम्भावना बढ्नेछ ।

च्याम्पियन्स लिगकै लागि बार्सिलोनाले स्पेनिस ला लिगामा हुएस्काविरुद्ध गोलरहित बराबरी भएको खेलमा पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो । त्यसैले बार्सिलोना म्यानचेस्टर विरुद्ध खरो रुपमा मैदान उत्रने छ ।

बार्सिलोनासँग लियोनेल मेस्सी, लुइस सुआरेज, औसमाने डेम्वेले, इभान राकिटिक, सर्जियो बुस्केट्स र जोर्डी अल्बाजस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।

यता, सेमिफाइनल प्रवेश गर्न जित्नै पर्ने दवावमा रहेको म्यानचेस्टर युनाइटेड घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ । युनाइटेडलाई सेमिफाइनलम प्रवेश गर्न बार्सिलोनाविरुद्ध निश्चित जितको आवश्यक छ ।

युनाइटेडसँग अग्रपङ्तिमा रोमेलु लुकाकु, पल पोग्वा, एन्थोनी मार्सियल र मार्कस रासफोर्डजस्ता खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्