Logo

सन २०२० मा आउँदै गरेका रणवीर सिंहका फिल्महरू



Spread the love

बलिउडको नयाँ नक्षत्र हुन् – रणवीर सिंह । उनको स्टारडम दिनहुँ बढ्दो क्रममा छ । ‘ब्यान्ड बाजा बारात’ बाट बलिउडमा डेब्यु गरेका नायक सिंहका ‘रामलीला’, ‘लुटेरा’, ‘बाजीराव मस्तानी’, ‘बेफिक्रे’, ‘दिल धडक्ने दो’, ‘पद्मावत’, ‘गल्ली बोय’, ‘सिम्बा’ लगायतका फिल्म सुपरहिट भएका छन् ।

आगामी वर्षमा पनि उनका दमदार फिल्महरू आउने तयारीमा रहेका छन् ।

हेर्नुहोस् रणवीर सिंहका सन २०२० मा आउँदै गरेका फिल्महरूः

१. तख्त

रणबिर कपुर र बिक्की कौसलको जोडी हिट भए सँगै अब रणवीर सिंह र बिक्की कौसलको पनि जोडी बनेर आउने भएका छन् । करण जोहरले निर्देशन गर्न लागेको उक्त फिल्ममा रणवीर र बिक्कीको मुख्य भुमिका रहनेछ भने करीना कपुर खान, आलिया भट्ट र जान्भी कपुर मुख्य नायिकाको रुपमा रहनेछन् । त्यस्तै अनिल कपुर पनि यसमा मुख्य भुमिकामा रहनेछन् ।

फिल्मको नामः तख्त

रिलिज मितीः सन २०२०

स्टार कास्टः रणवीर सिंह, अनिल कपुर, बिक्की कौसल, करीना कपुर खान, आलिया भट्ट र जान्भी कपुर लगायत ।

निर्देशकः करण जोहर

निर्माताः करण जोहर

बजेटः १०० करोड प्लस

२. ८३

सन १९८३ मा वेस्ट इन्डिज बिरुद्ध ऐतिहासिक जित निकाल्दै कपिल देब कप्तानीको भारतले पहिलो क्रिकेट विश्वकप जितेको कथामा आधारित फिल्म हो – ८३ । यसलाई कबिर खानले निर्देशन गर्न लागेका हुन् । फिल्मको छायांकन सुरु भइसकेको छ । फिल्ममा कपिल देबको भुमिका रणवीर सिंहले गर्दैछन् ।

फिल्मको नामः ८३

रिलिज मितीः सन २०२०

स्टार कास्टः रणवीर सिंह, लगायत ।

निर्देशकः कबिर खान

निर्माताः कबिर खान

बजेटः N/A

प्रतिक्रिया दिनुहोस्