Logo

दर्शक एवम् समीक्षकको नजरमा ‘कलंक’ फिल्म, कति कमायो पहिलो दिनमा ?



Spread the love

बुधबारदेखी अल इन्डिया रिलिजमा आएको चलचित्र ‘कलंक’को समीक्षा निकै कमजोर आएको छ । समीक्षक तथा दर्शकले यसलाई लामो एवम् बोरिङ फिल्मको नाम दिएका छन् ।

चलचित्रलाई धेरैले अर्को ‘ठग्स अफ हिन्दुस्तान’ भनेर समिक्षा गरिरहेका छन् । बलिउडमा सफल समिक्षक तथा ट्रेन्ड विश्लेषक तरण आदर्शले लेखेका छन्–‘निराशाजनक । आशामा खरो उत्रन सकेन । लेखन, संगीत र लामो कथाले कमजोर । केही नाटकीय दृश्य मात्र । दोश्रो हाफले केही मात्रामा जोड्न सक्छ । क्लाइमेक्स राम्रो छ । बरुण धवन, आलिया भट्ट, आदित्य रोय कपुर र कुनाल खेुमको काम राम्रो छ ।’ उनले चलचित्रलाई जम्मा २ स्टार दिएका छन् ।

त्यसैगरी ‘टाइम्स अफ इन्डिया’ ले फिल्मलाई जम्मा ३/५ रेटिङ दिएको छ भने हिन्दुस्तान टाइम्सले २.५ रेटिङ दिएको छ । यसैगरी बलिउड हंगामाले चलचित्रमा आत्मा नै नभएको भन्दै जम्मा २/५ रेटिङ दिएको छ ।

बलिउडका अर्का ट्रेन्ड विश्लेषक रोहित जैसवाल लेख्छन्–‘निकै नै निराशाजनक । कलंक ठूलो बजेट, धेरै कलाकार, उच्च सेट र विश्वभर ठूलो रिलिजले काम गर्दैन भन्ने एउटा उदाहरण हो । एउटा सुनौलो अवसर वेकार भएको छ ।’ उनले यो चलचित्रलाई १.५ रेटिङ दिएका छन् ।

चलचित्रको पहिलो शो सकिएसँगै यसको समिक्षा ट्विटरमा आउन थालेको छ । ट्विटरमा चलचित्र हेर्नेहरुले निकै नै खराब प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई अर्को ‘ठग्स अफ हिन्दुस्तान’ पनि भनेका छन् ।

कलंकले पहिलो दिनमा २१.६० करोडको आम्दानी गर्दै वर्ष २०१९ को सर्वाधिक ओपनिङ आम्दानी गर्ने फिल्म बन्न सफल भएको छ ।

सबैतिरबाट नराम्रो प्रतिक्रिया आएसँगै शुक्रबारबाट नेपालमा रिलिज हुन थालेको ‘कलंक’ ले आफ्नो लगानी उठाउनेमा शंका उठ्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्