Logo

आईपीएलः मुम्बई विरुद्ध दिल्लीको खेल हुँदै, सन्दीप अटाउलान् आजको टिममा ?



Spread the love

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सन्दीप लामिछानेको टिम दिल्लीले मुम्बई इन्डियन्ससँग आमनेसामने हुँदैछ । राती सवा ८ बजेबाट घरेलु मैदानमा हुने खेलमा नेपाली लेग स्पीनर तथा आईपीएलको इमर्जिङ खेलाडीको मनोनयनमा परेका सन्दीप टिममा पर्छन् कि पर्दैनन् भन्ने विषय सबै नेपाली क्रिकेट समर्थकका लागि चासोको विषय बनेको छ ।

सुरुवाती चार खेलमा ५ विकेट लिएका सन्दिप त्यसपछि भने लगातार बेन्चमा बस्दै आएका छन् । पछिल्ला चार खेल खेल्न नपाएका सन्दिपका लागि पनि टिममा कमब्याक गर्नु निकै महत्वपुर्ण हुनेछ ।

दिल्ली यो सिजन राम्रो लयमा देखिएको छ । उसले आठ खेलमा ५ जितका साथ १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ । उसले मुम्बईसँग यसअघि खेल्दा जित निकालेको थियो । आज दिल्ली सोही जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

आज दिल्ली वा मुम्बई जुन पनि टिम विजयी भएमा शीर्ष स्थानको चेन्नाइसँगको दुरी दुई अंकमा झार्नेछन ।

प्रतिक्रिया दिनुहोस्