Logo

सम्पादक अर्जुन गिरी रिहा



Spread the love

५ बैशाख, पोखरा – पोखरास्थित ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन्।

ठगीको समाचार लेखेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो।

जिल्ला अदालत काठमाडौंले गिरीलाई बिहीबार साधारण तारेखमा रिहा गरेको हो।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले गिरी रिहा भएको उल्लेख गरेका छन्।

काउन्सिलले ताण्डव न्युज डटकम दर्ता नभएको जानकारी पोखराका व्यवसायी विपेन्द्रराज बतासलाई दिएपछि उनले साइवर अपराध अनुसार गिरीविरूद्ध मुद्दा दिएका थिए। श्रेष्ठले काउन्सिलबाट भएको गल्तीप्रति क्षमासमेत मागेका छन्।

प्रतिक्रिया दिनुहोस्