Logo

आईपीएलः सन्दीप विहीन दिल्ली क्यापिटल्स पराजित, रोहित शर्माको मुम्बई ४० रनले पराजित



Spread the love

६ वैशाख, काठमाडौं ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बिहीबार राति सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने विहीन उनको टिम दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा भएको उक्त आमनेसामनेमा मुम्बईले दिल्लीलाई ४० रनले पराजित गरेको हो ।

मुम्बइले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन मात्र बनायो ।

दिल्लीका कागिसो रबडाले २ विकेट लिए । अमित मिश्रा र अक्सर पटेलले १–१ विकेट लिए ।

यसअघि टस  जितेर पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका लागि क्रुनल पाण्डेले अबिजित ३७ रन बनाउँदा डि ककले ३५ रन बनाए । हादिर्क पाण्डेयले अबिजित ३२ रन जोड्दा कप्तान रोहित शर्माले ३० रनको योगदान दिए । सुर्यकुमार यादबले २६ रन बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्