Logo

गुल्मी लोक तारा सिजन २ सञ्चालन हुने



Spread the love

६ बैशाख , गुल्मी – ‘पुराना स्रटा र सर्जकलाई सम्मान नँया प्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ गुल्मीमा ‘गुल्मी लोक तारा सिजन २’ आयोजना गरिने भएको छ । आज नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति गुल्मीले पत्रकार सम्मेलन गरी आयोजनाको बारेमा जानकारी गराएको हो ।

गाउँ गाउँ मा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने तथा लोक संस्कृतिको जगेर्ना तथा संरक्षण गर्ने उद्देश्यले गुल्मी लोक तारा सिजन २ को आयोजना गरिएको नेपाल लोक तथा दोहोरी प्रतिष्ठान गुल्मी का अध्यक्ष जनक पन्तले जानकारी दिएका छन् । गुल्मी लोक तारामा प्रथम हुनेले रु ५० हजार कप र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद रु ३० हजार  तृतीय हुनेले २० हजार नगद सहित कप र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहबाट ५–५ जना प्रतियोगीले फाइनलमा भिड्न पाउने छन् भने गाउँ गाउँ मै गएर अडिसन गरिने छ ।

वैशाख १५ गतेबाट अडिसन सुरु गरिने भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट,चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा ,सत्यवती गाउँपालिकाको खैरेनीमा ,रुरु र छत्रकोट गाउँपालिकाको श्रृङ्गा ,गुल्मी दरबार गाउँपालिकाको गौडाकोटमा ,रेसुङा नगरपालिकाको तम्घासमा ,धुर्कोट गाउँपालिकाको बरबोट ,मदाने गाउँपालिकाको म्यालपोखरी ,मालिका गाउँपालिकाको म्याल ,इस्मा गाउँपालिकाको मैदान तथा मुसिकोट नगरपालिकाको वामिटक्सरमा अडिसन हुने छ ।

त्यस्तै, आफ्नो स्थान अडिसन छुटेमा सदरमुकाम तम्घासमा हुने अडिसनमा सहभागी हुन पाउनेछन् भने गुल्मी लोक तारा नाम दिए भनी देश भरका लोक गीत प्रेमीले सहभागी जनाउन पाउने कार्यक्रम संयोजक वसन्त खत्रीले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्