Logo

चीनका ज्याक मालेले दिए पैसा कमाउने आइडिया



Spread the love

६ वैशाख, काठमाडौं ।
चीनका अन्लाइन बजार सञ्चालन गर्ने कम्पनी अलीबाबाका प्रमुख ज्याक माले युवकहरूलाई सकेसम्म धेरै समय काम गर्न सल्लाह दिएका छन् । उनको सल्लाहपछि काम र आरामका विषयमा चीनमा धेरै बहस चलिरहेको छ ।

हप्तामा ६ दिन १२ घन्टाको दरले काम गरे मात्र धेरै धन कमाउन सक्ने छ । उनको यस सल्लाहलाई धेरैले आलोचना गरेका छन् भने चीनमा आर्थिक वृद्धि दर घटेकोमा अनेक मानिस उनको भनाइसंग सहमत छन् । चीनमा लामो समयसम्मको ड्युटीका कारण देशमा जन्मदर घटेको गुनासो पनि पर्छ ।

तर ज्याक माले आलोचनाहरूको जवाफ दिँदै काममा आनन्द लिन सक्नुपर्ने र यसमा अध्ययन, चिन्तन र आत्मसुधारको समय पनि संलग्न गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्