Logo

आईपीएलः ३ शानदार विकेट लिएका सन्दीप लामिछाने बने ‘स्टाइलिस प्लेयर अफ द म्याच’



Spread the love

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार कमब्याक गरेका छन् । शनिबार राती भएको किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा उनले चार ओभर बलिङ गर्दै ४० रन खर्चेर तीन निर्णायक विकेट लिएर ‘स्टाइलिस प्लेयर अफ द म्याच’ बन्न सफल भएका छन् ।

सन्दीपले ४ ओभर बलिङ गर्दा ४० रन दिए । उनले १२ बल डट फ्याँक्दा ६ चौका र २ छक्का दिए ।

उनले खेलमा पन्जावका दुवै ओपनिङ ब्याट्सम्यानलाई आउट गरे । ओपनर केएल राहुललाई विकेटकिपर रिशव पन्तबाट क्याच गराएका सन्दीपले आफ्नो दोस्रो विकेटको रुपमा क्रिस गेललाई आउट गरेका थिए ।

दोस्रो ओभरमै बलिङको मौका पाएका सन्दीपले राहुललाई १२ रनमा आउट गरेका थिए । सन्दीपले १२औं ओभरको दोस्रो बलमा क्रिस गेललाई आउट गरे । पहिलो बलमा छक्का प्रहार गरेका गेल दोस्रो बलमा क्याच आउट भए । गेलले लामो सर्ट प्रहार गरे पनि कोलिन इनग्रामले बाउन्डीमा क्याच गरेर फ्याँकेका थिए । फ्याँकेको बल अक्षर पटेलले क्याच गर्दा गेल ३७ बलमा ६९ रन जोडेर आउट भए । सोहि ओभरको अन्तिम बलमा सन्दीपले साम कुरानलाई शून्य रानमा आउट गरे । कुरानलाई सन्दीपले आफै क्याच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्